सेवानिवृत्ति राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिइरहेको सुविधा खोस्न अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ ।

प्रचलित कानून बमोजिम बाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थले गृहलाई भनेको हो । ५ असोजमा मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्न विभिन्न निर्णय गरेको थियो ।






