काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा बिहीबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरू सहभागी भएका छन्।

शीतल निवासले जनाए अनुसार नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी छन् । नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन शीतल निवासको बैठकमा सहभागी भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा सहभागी छन् । नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी भएका छन् ।
यसै गरी जनता समाजवादी पार्टीबाट रेणु यादव, जनमत पार्टीका अध्यक्ष डा।सिके राउत र डा जयकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी छन् ।






