पुष्पकमल दाहाल सँग ४० वर्षदेखिको साथ छाड्दै माओवादी राम कार्की, जनार्दन शर्माले नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ राजनीतिक ध्रुवीकरणको घोषणा गरेका छन् ।

‘प्रगतिशील अभियान, नेपाल’ नाम दिएर थालिएको उक्त अभियानको मूल नारा विद्रोह जायज छ, विद्रोह अधिकार हो : समाजवादी ऐक्यवद्धता-आजको आवश्यकता मूल नारा दिइएको छ ।
प्रचण्ड नेतृत्वलाई दीर्घकालीन वैचारिक विचलन र इतिहासको अभिभारा बिर्सिएको आरोप लगाइएको छ । कम्युनिष्ट आन्दोलनको पुरानो पुस्ताका नेताहरूले ‘वर्गीय र क्रान्तिकारी’ पदचापलाई भुलेर वैचारिक विचलन, अवसरवाद र नेतृत्वमा पुँजीवादको चरित्र प्रदर्शन गरेकोले अभियान सुरू गरिएको शर्मा समूहको विज्ञप्तिमा उल्लेख छ ।






