काठमाडौँ ।
नेकपा एमालेका नेता अरुण नेपाललाई पार्टीको एघारौँ महाधिवेशनमा सचिव पदमा निर्वाचित गराउन अभियान सुरु भएको छ । विद्यार्थी राजनीति हुँदै संगठनको उच्च नेतृत्वसम्म पुगेका नेपाल पछिल्ला वर्षहरूमा पार्टीभित्र अन्यायपूर्ण रूपमा पछाडि पारिएको भन्दै कार्यकर्तामाझ सहानुभूति र समर्थन तीव्र रूपमा बढिरहेको छ ।

माले–एमाले विभाजनको जटिल समयमा विद्यार्थी संगठनको जिम्मेवारी सम्हाल्दै सशक्त नेतृत्व प्रदर्शित गरेका अरुण नेपाल दुई पटक पोलिटब्यूरो सदस्य भएका नेता हुन् । तर, राजनीतिक योगदान र लोकप्रियता हुँदाहुँदै पनि उनलाई बारम्बार पोलिटब्यूरोमै सीमित राखिएको, जुनियर नेताहरूलाई स्थायी कमिटीसम्म पुर्याइँदा नेपाललाई बेवास्ता गरिएको आरोप पार्टीभित्र उठ्दै आएको छ ।
पार्टीभित्र राजकीय अवसर कम पाएका, तर सिन्धुपाल्चोकका जनतामाझ लोकप्रिय मानिने नेपाललाई यस पटक सचिव पदमा उठाउन स्थानीयदेखि केन्द्रसम्मका कार्यकर्ताले अभियान अघि बढाएका छन् ।
एमालेको एघारौँ महाधिवेशन नजिकिँदै जाँदा नेपाललाई सचिव बनाउन चलाइएको अभियानले पार्टीभित्रको आन्तरिक शक्ति समीकरणलाई थप तातो बनाएको देखिन्छ ।






