नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्ची नगर समितिको आयोजनामा एक दिने प्रश्नपत्र निर्माण सम्बन्धि कार्यशाला आज शनिबार सम्पन्न भएको छ । श्री कृष्ण मा वि थकनीमा सम्पन्न कार्यक्रममा ३५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । विद्यालय तहमा स्तरीय प्रश्नपत्र निर्माणका लागि प्राविधिक सिप विकास गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यशालाको सहजीकरण डा। रमेशप्रसाद अवस्थीले गर्नुभएको थियो ।

सङ्गठनले शिक्षकहरुको पेशागत अधिकार तथा क्षमता विकासमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको मेलम्ची नगर समितिका अध्यक्ष कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो ।






