तीन वटा मन्त्रालयको जिम्मा लिएका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन् केही बेर अघि उनले राजीनामा दिएक हुन ।

घिसिङ रास्वपामा औपचारिकरूपले जोडिएपछि राजीनामा दिने सोचमा थिए ।
घिसिङ रास्वपाबाट आगामी आमनिर्वाचनमा भाग लिने योजनामा छन् । काठमाडौं ३ बाट उम्मेदवारी दिने उनको तयारी छ । निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिने घिसिङले बताउँदै आएका थिए ।
उनको राजीनामा पत्र सामाजिक सन्जाल र संचार माध्यममा पनि छ्यापछ्याप्ती छ ।






