कुलमान घिसिङले सम्हालेको मन्त्रालय सरकारको सिफारिसमा अरु मन्त्रीलाई जिम्मेवारी दिइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँलाई तोक्नुभएको छ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले पनि शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय,कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका अनिलकुमार सिन्हालाई उर्जा,जलस्रोत तथा सिन्चाइ मन्त्रालयको जिम्मेवारी थपिएको छ ।







