काठमाडौँ ।

बिशेष महाधिवेशन पक्षका नेतालाई कारवाही गरेपछि काँग्रेकै कार्यकर्ता भ्रष्ट काँग्रेस सानेपामा र प्रष्ट काँग्रेस भृकुटीमण्डपमा रहेको प्रतिकृया दिन थालेका छन् । साठी प्रतिशत भन्दा धेरै महाधिवेशन प्रतिनिधि जम्मा भएर भृकुटीमण्डपमा बिशेष महाधिवेशन गरेका महामन्त्री बिश्वप्रकाश शर्मा र गगन थापालाई काँग्रेस केन्द्रीय समितिले कार्वाही गरेको छ । तर, सो कार्यसमिति भंग भइसकेको कारण कार्वाहीको कुनै औचित्य नभएको उनीहरुको भनाई छ । उनीहरुले भ्रष्टहरु एकगठ भएर प्रष्टहरुलाई कार्वाही गरिएको बताउन थालेका छन् ।






