सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो संघले खाली रहेका पदमा नयाँ पदाधिकारी मनोनीत गर्दै कार्यसमितिलाई पूर्णता दिएको छ।
नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको बैठकबाट खाली रहेका पदहरूमा निम्नानुसार मनोनीत गरिएको छः
उपाध्यक्ष — अम्बर श्रेष्ठ
सदस्य — प्रकाश न्यौपाने
सदस्य — लक्ष्मण नेपाल
सदस्य — सुजाता पराजुली
सदस्य — इस्तर बिसुन्खे
सदस्य — लवाङ तामाङ
उक्त मनोनयन कार्यक्रम नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका प्रतिनिधि सरोज बास्कोटा, सिनियर प्रशिक्षक सानुबाबु महर्जन, जिल्ला संघका अध्यक्ष रामचन्द्र कार्की, उपाध्यक्ष रमेश गुरुङ लगायत सम्पूर्ण कार्यसमिति सदस्य तथा डोजाङ प्रमुखहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
नयाँ मनोनयनसँगै जिल्ला कार्यसमिति १५ सदस्यीय बनेको छ। मनोनीत पदाधिकारीलाई उपस्थित सहभागीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य प्रेम बहादुर भण्डारीले संघ अब थप सक्रिय रूपमा जिल्लास्तरीय कार्यक्रम तथा तालिम सञ्चालनमा अघि बढ्ने बताए।







