सिन्धुपाल्चोक ।

कुबिन्डेमा भएको प्रथम सरोज स्मृति कप पुरुष भलिबल प्रतियोगिताको उपाधी मेलम्ची नगरपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा जुगल गाउँपालिका लाई २६- २४ २५ – १२ २५ – २३को सोजो सेटको जित निकाल्दै उपाधी जितेको हो ।
बिजेता मेलम्चीले नगद एक लाख सहित सिल्ड मेडल र प्रमाणपत्र जितेको छ भने द्वितीय स्थान हाँसिल गरेको जुगलले नगद ७५ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै हिजो तेश्रो स्थानको लागि भएको खेलमा हेलम्बु गाउँपालिका विरुद्ध रोमान्चक जित निकाल्दै तेश्रो स्थानमा चित्त बुझाएको बलेफी गाउँपालिकाले नगद ५० हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्त्वना स्थानमा चित्त बुझाएको हेलम्बुले भने नगद २५ हजार सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
बिजेता हरुलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का पुर्व सांसद माधव सापकोटा सुबोध चौतारा साँगाचोल गढी नगरपालिका का प्रमुख कृष्ण प्रसाद सापकोटा लगाएतले पुरस्कार वितरण गर्नुभएको हो ।प्रतियोगिताको म्यान अफ द म्याच मेलम्चीका जर्सी नम्बर ४ का खेलाडी आकास तामाङ घोषित हुनुभयो ।






