युवा समाजसेवी भरत पराजुलीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सिन्धुपाल्चोक क्षेत्र नं–१ का लागि प्रतिनिधिसभा उम्मेदवार बनाएको छ।
पार्टी स्रोतका अनुसार पराजुलीले सोमबार औपचारिक रूपमा उम्मेदवारीको टिकट बुझेका छन्। लामो समयदेखि सिन्धुपाल्चोकका विभिन्न सामाजिक तथा परोपकारी गतिविधिमा सक्रिय पराजुली हाल जलविद्युत् क्षेत्रमा संलग्न छन्।
रास्वपाले स्थानीय क्षेत्रमा सामाजिक परिचय बनाएका व्यक्तिलाई प्राथमिकता दिँदै पराजुलीलाई उम्मेदवार बनाएको जनाएको छ।







