काठमाडौं ।

पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवासमा सचिवालय बैठक जारी छ। पाटीको हार पछि समीक्षा गर्न तथा समानुपातिक तर्फका सांसद सिफारिस गर्न वोलाईएको बैठकले गर्ने निर्णयका बिषयमा निक्कै चासो राखिएको छ । पटक पटक अवसर पाएका नेताहरुलाई समानुपातिकबाट हटाउन व्यापक दवाव परेको छ ।
बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउने तयारी छ।






