काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले दुई संयुक्त समितिसहित १० वटा समितिका लागि सभापतिको उम्मेदवार चयन गरेको हो।
बैठकले सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्ष दललाई दिने निर्णय गरेको जनाएको छ। संसदमा सन्तुलित र प्रभावकारी भूमिका निर्वाह गर्ने रणनीतिअनुसार यस्तो निर्णय गरिएको रास्वपाले जनाएको छ।







