हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ३ दिने आधारभूत मौरी पालन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको उक्त तालिम विशेष गरी लामो समयदेखि मौरी पालन गर्दै आएका तर प्राविधिक ज्ञानको अभाव भएका किसानहरूलाई लक्षित गरी आयोजना गरिएको थियो।
२०८३ साल बैशाख १५ गतेदेखि सुरु भएको तालिम १७ गते समापन भएको हो। समापन कार्यक्रममा हेलम्बु गाउँपालिका–७ का वडा अध्यक्ष, वडा नं. २ का वडा अध्यक्ष तथा कृषि शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो।
तालिमका क्रममा सहभागी किसानहरूलाई मौरी पालनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। प्रशिक्षणमा महको महत्त्व, मौरीको संरचना (रानी, कर्मी र भाले), घार तथा गोला व्यवस्थापन, परम्परागत र आधुनिक घारबीचको तुलना, मौरी सार्ने विधि, हुल निस्कने प्रक्रिया, गोला विभाजन तथा समायोजन, मौरीका शत्रुहरूको पहिचान र नियन्त्रण, खोपा मौरीलाई आधुनिक घारमा स्थानान्तरण गर्ने तरिका तथा रोग–किरा नियन्त्रणका विषय समेटिएका थिए।
साथै, फिल्ड भिजिटमार्फत सहभागीहरूलाई प्रत्यक्ष अवलोकन तथा अभ्यास गर्ने अवसर प्रदान गरिएको थियो।
समापन समारोहमा सहभागी किसानहरूलाई मौरी पालनका लागि आवश्यक सामग्रीहरू जस्तै टोपी, पन्जा र मौरी झोला वितरण गरिएको थियो। तालिमले किसानहरूको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्दै मौरी पालन व्यवसायलाई अझ प्रभावकारी र उत्पादनमुखी बनाउन टेवा पुग्ने अपेक्षा गरिएको







