सिन्धुपाल्चोक । चौतारा बहुमुखी क्याम्पसमा सम्पन्न सञ्चालक समिति निर्वाचन अन्तर्गत अध्यक्षमा गम्भीरलाल श्रेष्ठसहित सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।
सञ्चालक समिति उपाध्यक्ष पदमा एमाले, नेपाली काङ्ग्रेस र नेकपाको गठबन्धनबाट उम्मेदवार बनेका श्यामकृष्ण श्रेष्ठ विजयी भएका छन् ।
कुल २२७ मतदाता रहेको निर्वाचनमा १६२ मत खसेको थियो । मतगणनाको अन्तिम परिणाम अनुसार श्यामकृष्ण श्रेष्ठले ११८ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार बनेकी सरोजा श्रेष्ठले २६ मत प्राप्त गरिन् । निर्वाचनमा १८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।







