चौतारा : नेपाली कांग्रेस चौतारा साँगाचोकगढी नगरपालिकाको सभापतिमा २९ वर्षीय निर्मल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । नगर सभापतिमा निर्वाचित भएसँगै श्रेष्ठ सिन्धुपाल्चोक जिल्लाकै पहिलो पदेन महाधिवेशन प्रतिनिधि बनेका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहका सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको छ। यही व्यवस्थाअनुसार श्रेष्ठले आगामी १५औँ महाधिवेशनमा सहभागी हुने र मतदान गर्ने अधिकारसमेत प्राप्त गरेका छन् ।
श्रेष्ठ नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । उनले २०७३ सालमा श्रीकृष्ण रत्नगंगा माध्यमिक विद्यालयको नेविसंघ इकाइ सभापतिको जिम्मेवारी सम्हालेका थिए ।
२९ वर्षकै उमेरमा नगर सभापतिमा सर्वसम्मत निर्वाचित श्रेष्ठको नेतृत्वलाई कांग्रेसमा नयाँ पुस्ताको प्रवेश र नेतृत्व हस्तान्तरणको उदाहरणका रूपमा हेरिएको छ ।







