नवलपरासी : निरन्तरको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासीको सुस्ता गाउँपालिका–५ थारूटोल डुबानमा परेको छ ।
बस्ती डुबानमा परेपछि जोखिममा रहेका स्थानीयवासीलाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
नेपाली सेनाको गोरखदल गणबाट खटिएको विपद् प्रतिकार्य तथा उद्धार टोलीले अन्य सुरक्षा निकायसँग समन्वय गरी डुबानमा परेका स्थानीयको उद्धार गरेको हो ।
नदीको बहाव निरन्तर बढिरहेका कारण जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा आवश्यक उद्धार कार्यलाई प्राथमिकता दिइएको सेनाले जनाएको छ।







