सिन्धुपाल्चोक : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा ‘ख’ बाट २२ वर्षीय अनिल दुलालले प्रदेश महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
३५ वर्षमुनिको युवा समूहबाट उम्मेदवारी दिएका दुलालले पार्टीमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता बढाउन र संगठनलाई थप सुदृढ बनाउन आफू अघि बढेको बताएका छन् ।
युवा पुस्ताको आवाज पार्टीको नीति निर्माण तहसम्म पुर्याउने, वैचारिक रूपान्तरणमा योगदान गर्ने तथा स्थानीय र क्षेत्रीय विकासका मुद्दालाई प्राथमिकताका साथ उठाउने उनको प्रतिबद्धता छ ।
उम्मेदवारी घोषणा गर्दै दुलालले पार्टीका अग्रज नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग र मतका लागि आग्रह गरेका छन् ।







