सिन्धुपाल्चोक : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय तथा सोअन्तर्गतका दुई प्रदेशसभा क्षेत्रको अधिवेशनअन्तर्गत सुरु भएको मतदान प्रक्रिया स्थगित भएको छ ।
निर्वाचन अधिकृतद्वारा जारी सूचनाअनुसार २०८३ असोज १३ गते बिहान ८ः३० बजेदेखि सञ्चालन भएको मतदान प्रक्रिया सामान्य विवादका कारण रोकिएको हो ।


मतदानका क्रममा देखिएको विवाद समाधानका लागि उम्मेदवारहरूबीच छलफल भइरहेको जनाइएको छ । उम्मेदवारहरूबीच आपसी सहमति भएपछि र अर्को सूचना जारी नभएसम्म मतदान प्रक्रिया स्थगित गरिएको निर्वाचन अधिकृतको सूचनामा उल्लेख छ ।
निर्वाचन अधिकृतले सम्बन्धित सबैलाई मतदान प्रक्रिया स्थगित भएको जानकारी गराउँदै विवाद समाधानका लागि भइरहेको छलफलमा सहजीकरण गर्न आग्रह गरेका छन् ।






