काठमाडौं ।

सरकारी तथा सार्वजनिक निकायको भुक्तानी विद्युतीय प्रणालीमार्फत अनिवार्य रूपमा गर्नुपर्ने मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिका नाममा परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२-८३ को सुरु १ साउन २०८२० बाटै यो व्यवस्था लागू गर्न मन्त्रालयले जनाएको हो ।
आगामी आर्थिक वर्ष २०८२-८३ को पहिलो दिन साउन १ बाटै यो व्यवस्था लागू हुने अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिका नाममा परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२-८३ को सुरु १ साउन २०८२ बाटै यो व्यवस्था लागू गर्न भनेको हो ।
आव २०८२-८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार परिपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ । बजेटको बुँदा नम्बर ३३५ मा अब सबै प्रकारको भुक्तानीलाई अनिवार्य विद्युतीय प्रणाली मार्फत गर्ने उल्लेख थियो । यससँगै सरकारी र सार्वजनिक निकायबाट हुने नगद तथा चेकमार्फत हुने भुक्तानी रोकिने छ ।






