बिचौलियाले घुस वार्गेनिग गरिएको आरोप खेपेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मन्त्रिपरिषद्को बैठकमै रहेका छन् । प्रधानमन्त्रीले हटाउने चर्चाबीचनै गुप्ता मन्त्रिपरिषद बैठकको फोटोमा देखिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयको नाममा आएको मन्त्रिपरिषद् बैठकको फोटोमा गुप्ता सवैभन्दा अन्त्यमा देखिएका छछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा मन्त्रिपरिषद्को वैठक जारी रहेको छ । बैठक बेलुकी पौने सात बजेबाट सुरु भएको हो ।
आज उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर सोधपुछ गरेका थिए ।
मन्त्री गुप्ता र विचौलीयाहरुबीच ‘घुस लेनदेन’ को कुराकानी भइरहेको अडियो सार्वजनिक भए पनि तीव्र विवाद उत्पन्न भइरहेको छ ।






