संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् ।

घुस ‘डिल’ को अडिओ काण्डमा मुछिएका यसअघिका मन्त्री राजकुमार गुप्ताको राजीनामा स्वीकृतसँगै राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी न्यौपानेलाई नियुक्त गरिएको हो ।
प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।






