बुधवार जिल्ला समन्वय समिती सिन्धुपाल्चोकको आयोजना तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्वयमा तातोपानी नाका र अरनिको राजमार्गलाई व्यवस्थापन गर्ने विषयमा घनिभूत छलफल भयो ।

रसुवा नाका बन्द भएपछि तातोपानी नाकामा पर्ने व्यावसायिक चापलाई सहजीकरण र ब्यवस्थापन गर्ने विषयमा सहभागीहरुले जोड दिए । बाह्रबिसेदेखि कोदारीसम्मको २६ किलोमीटर सडक बाढी पहिरोका कारण पुगेको क्षति र निर्माणका बिषयमा बिभिन्न व्यक्तिले चासो राखेका थिए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले यसको व्यवस्थापनमा सक्दो सहयोग गर्ने बचनवद्धता गरे ।
बाह्रबिसे नगर प्रमुख बालकृष्ण बस्नेत, भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख,तातोपानी भन्सार कार्यालयको प्रतिनिधि, सडक डिभिजन कार्यालय चरिकोटको प्रमुख, जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष तथा प्रतिनिधि, भोटेकोशी चेम्बर अफ कमर्सका अध्यक्ष, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालीका अध्यक्ष लगायत विभिन्न ट्रान्सपोर्ट कम्पनी लगायतले भएको समस्यमा र समाधानका पहलका बिषयमा धारणा राखेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिए ।






