काठमाडौँ ।

अहिलेको सरकारप्रति तीव्र आलोचना गर्ने पुष्पकमल दाहाल,शेखर कोईराला र अमरेशकुमार सिंहको दुइ घण्टा लामो छलफल पुष्पकमल दाहाल निवासमा चलेको छ । यी तिनै जना दक्षिणको कम्फरटेवल सरकारका पक्षमा भएका नेता हुन् ।
खुमलटार पुगेर कोइरालाले प्रचण्डसँग दुई घण्टा छलफल गरेका हुन् । शेखर निकट एक नेताले भने, ‘पछिल्ला समसामयिक राजनीति घटनाक्रमबारे छलफल भएको हो । करिब २ घण्टा वार्ता चल्यो ।’
शेखर पछिल्लो समय एमालेसँगको सहकार्यप्रति सन्तुष्ट छैनन् । उनले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरिरहेको बेलामा खुमलटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।






