भक्तपुर ।

चाँगुनारायण नगरपालिका २ का वडा अध्यक्ष सोमप्रसाद प्रधानले स्थानीय कृष्णमाया कट्टेललाई अक्सिजन मेसिन हस्तान्तरण गरेका छन् । दम रोगबाट पीडित उनान्नब्बे वर्षकी कट्टेललाई वडाअध्यक्षले घरैमा आएर मेसिन हस्तान्तरण गरेका हुन् ।
वडाअध्यक्षले मेसिन सञ्चालन गर्ने तरिका पनि सिकाएर सजिलो बनाएका छन् । एकलाख मूल्य बराबरको मेसिन निजी स्रोत बाटै कट्टेललाई प्रदान गरेको कट्टेलका छोरा होमनाथ कट्टेलले बताए ।
वडाअध्यक्षले बाफ लगाउने र फोक्सोमा जमेको कार्वन हटाउने मेसिन पनि दिने बचन दिएका छन् । प्रधान ब्लड बैँक भक्तपुरका अध्यक्ष पनि हुन् । विद्युतीय मेसिन प्राप्त गरेपछि बयोवृद्धा कट्टेलले आर्शिबाद दिँदै अन्य रोगी वृद्धवृद्धाले पनि प्रधानजस्ता वडाअध्यक्ष पाउनुपर्ने बताइन् ।






