बाह्रवीसे ।

स्थानीय निकायमा दिनदिनै बेरुजु बढिरहेको छ । सिन्धुपाल्चोकको बिभिन्न पालिकामा पनि बेरुजुको रकम धेरै छ । कतिपय बेरुजु कागजपत्र मिलाउन नभ्याएर हुने गरेका छन् भने कतिपय नियतवश हजम पारेर हुने गरेका छन् । कतिपय बेरुजुको अंक लेखापरीक्षकलाई खुशी नवनाउँदा पनि लेखिने गरेको कर्मचारीहरु बताउँछन् ।
सिन्धुपाल्चोकका बाह्रविसे नगरपालिकामा भने कर्मचारीहरुले नै सभावाट पारित भएको भन्दा धेरै भत्ता लिएर भ्रष्टाचार गरेका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवदेन अनुसार त्यहाँका कार्यकारी अधिकृत इश्वरी शर्माले नै बढी भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ । बेरुजु भएको रकम सम्परीक्षण गर्ने खालको पनि हुन्छ । तर, सो रकम भने असुल गर्नुपर्ने नै भनेर प्रतिवेदनमा लेखिएका कारण यो भ्रष्टचार भएको महालेखा परीक्षकका अधिकृतले बताए ।
२०८१ बैशाख २६ देखि रहेका अधिकृत शर्माले लिएको रकम नै अवैध खसुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । अघिल्ला कार्यकारी अधिकृत माधव अधिकारीले त झन् ६३ हजार रुपैयाँ अवैध लिएर फिर्ता गरेका छैनन् । कर्मचारीहरुले लिएको ४ लाख ७३ हजार ७ सय ३० रुपैयाँ असुल गर्नुपर्ने भनिएको छ । त्यसमध्ये २०८१ जेठ र असारको ३७ हजार ४० रुपैयाँ कार्यकारी अधिकृत शर्माले लिएको देखिन्छ । सो रकम असुल गर्नुपर्ने भनिएको छ ।






