नेकपा एमालेको हिजोको पोलिटव्युरो बैठकमा आठ जना सदस्यले आफ्नो धारणा राखेका थिए।

आज पनि बिधान संशोधनका बिषयमा अन्य सदस्यहरुले धारणा राखिरहेका छन् ।
यो बैठक सकिए लगत्तै यही साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्दै छ। यो बैठकले विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदनलाई अन्तिम रूप दिनेछ।
एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ।
अहिले एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीले सक्रियता बढाएपछि उमेर हद र दुई कार्यकालको व्यवस्था बहसमा आएको छ। तर, सचिवालय बैठकले यो दुवै व्यवस्था हटाएर केपी ओलीलाई तेस्रो पटक अध्यक्ष बन्न बाटो खुला गरिसकेको छ।






