निर्वाचन आयोगलाई विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुरक्षित गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न फैसला कार्यान्वयन निर्देशनालयले ताकेता गरेको छ ।

यसअघि नै विदेशबाट समेत मतदान गर्न पाउने कानुनी प्रावधान राख्ने गरी ऐन संशोधन विधेयक निर्वाच्न आयोगले गृहमन्त्रालयमा पठाइसकेको छ । ‘फैसला कार्यान्वयन निर्देशनालयलको ताकेतापछि फेरि आयोगले यस्तो ताकेता आयो भनेर गृहमन्त्रालयलाई भन्न पर्ने छ ।
७ चैत २०७४ मै सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारी दिने गरी कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो । उक्त आदेश कार्यान्वयन हुन नसकेको भनेर निर्देशनालयले निर्वाचन आयोगलाई ताकेता गरेको हो ।






