पदले नेपाली काँग्रेस वागमतीको सहमहामन्त्री हुन्, सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ ।

उनले काँग्रेसकै केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनवहादुर बस्नेतलाई तँ को सम्वोधन गरेर सामाजिक सञ्जालमा लेखेका छन् । श्रेष्ठले बस्नेतलाई हिंस्रक र बिक्षिप्त मानिसकताको उपज पनि भनेका छन् ।
निक्कै तल्लोस्तरमा रहेर गाली गर्ने हरिशरणलाई वागमती प्रदेशको सहमहामन्त्री वनाउन भने बस्नेतकै समर्थन थियो ।
तर, त्यसपछि यी दुईको वाकयुद्ध उग्ररुपमा रहेको छ । यी दुवै वाह्रबिसे नगरपालिकाका हुन् । बिगतमा बस्नेतको दाहिने हात नै रहेका श्रेष्ठ अहिले वैरीमा परिणत भएका छन् ।






