काठमाडौ । नौ वर्षपछि हुन लागेको नेपाली र भारतीय अधिकारीको बैठकमा सहभागी हुन नेपालबाट गृहसचिव गोर्कणमणि दुवाडी नेतृत्वको टोली हिजो नयाँ दिल्ली पुगेको छ ।

बैठकमा सीमा अपराध, सीमा स्तम्भको सुरक्षा, लागुऔषध नियन्त्रणलगायतका विषयमा छलफल हुने बताइएको छ । सीमा सुरक्षाका लागि सुरक्षा सूचनाको सहज आदानप्रदानबारे पनि कुराकानी हुने छ ।
बैठकमा परराष्ट्र, गृह र कानुन मन्त्रालयका सहसचिव, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दानबहानुर कार्की, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगरलगायत छन् ।






