नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज पनि बसिरहेको छ ।

सोमवार देखि सुरु भएको बैठकमा ४९ जना सदस्यले धारणा राखेका थिए । आज भने त्यसको तेब्बर संख्याका सदस्यले आफ्नो धारणा राख्नेछन् । बैठक मंगलवार नै सक्ने योजना रहेको छ ।
नीतिको बिषयमा भन्दा पनि नेतृत्वका बिषयम केन्द्रीत रहेको बैठकमा बिधान अधिबेशनमा पेश हुने बिधान, सांगठनिक र राजनीतिक प्रतिवेदनमा धारणा राख्नु पर्नेमा केही सदस्यहरुले केपी ओलीको चाकडीमै समय बिताएका छन् ।
विद्या भण्डारीका पक्षमा पनि बैठकमा सदस्यहरुले धारणा राखेका थिए ।






