पूर्वराष्ट्रपति विद्या भण्डारीले अहिले नेतृत्वबाटै गुटबन्दी गर्ने काम भएको हुनाले संस्थागत ढंगबाट सोच्नुपर्ने औंल्याएकी छन् ।

उनी भन्छिन्, ‘जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको छ । यो बोल भन्ने टेरर गर्ने बोल्न नदिने यस्तो पनि हुन्छ र १’
उनले आफू भोजपुरको यशोधरा, विद्योदय मावि पढ्दैदेखि ३५-३६ सालदेखि वाईएल बाट अनेरास्ववियु हुँदै संगठन हाँकेर आएको, ६२-६३ मा नेताहरू सुस्ताएको बेला महिलाहरूको जुलुसको अगुवाइ गरेको प्रसंग सुनाउँदै प्रश्न गरिन्, ‘ म संगठक हैन, पार्टी काम गरेको छैन रु’
आफू माझ किराँतमा जन्मी हुर्की पञ्चायती शासकविरुद्ध लड्दै हुर्किँदै त्यो परिस्थितिबाट सक्रिय हुँदै लड्दै भिड्दै आएको भन्दै उनले भनिन्, ‘खुट्टा कमाउँदिन ।’
पार्टीले त तपाईँबारे आजै निर्णय गर्नेगरीको तयारी छ । बाटो बन्द गर्यो भने के गर्नुहुन्छ रु भन्ने पत्रकारको जिज्ञासामा भण्डारीले कुनै पनि कुरामा आफूले हतारिएर प्रतिक्रिया नदिने, निर्णय नलिने बताइन् ।
‘अहिले केही भएकै छैन । त्यसपछिको कुरा त्यतिखेरै भइहाल्छ नि ’, उनले भनिन् ।






