गैर आवासीय नेपाली संघ (एनआरएनए), चीनको नवौँ राष्ट्रिय समन्वय परिषद्को २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेअनुसार सिन्धुपाल्चोकका मुकुन्द ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षमा प्रदीप नेपाल, सुरज व्याञ्जु,महासचिवमा सुरज न्यौपाने, सचिवमा कमल सापकोटा, दिनेश भट्टराई, कोषाध्यक्षमा रविरञ्जन कुशवहा,सह–कोषाध्यक्षमा रञ्जित उप्रेती निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै महिला संयोजकमा सुजाता पाण्डेय, युवा संयोजक बिशाल श्रेष्ठ, सदस्यहरु असिम ज्ञवाली,साधना थापा,रोजेन माकजु,राजकुमार श्रेष्ठ,पुष्कर तिमल्सिना र अनुजा आचार्य चयन भएका छन् ।
त्यसैगरी निर्मल शर्मा आईसीसी सदस्य चयन भएका छन् ।






