२०३५ सालदेखि वामपन्थी आन्दोलनमा सकृय भएर नेकपा (एमाले)को बिभिन्न पदमा काम गरेका पूर्वशिक्षक तथा एमाले सिन्धुपाल्चोकका नेता सोवर्ण भण्डारीले एमाले परित्याग गरेको घोषणा गरेका छन् ।

शसस्त्र युद्धका बेला ज्यानै दाउमा राखेर एमालेको पक्षमा वुलन्द आवाज उठाएका भण्डारी लिसंखुपाखर गाउँपालिका ५ का स्थायी वासिन्दा हुन् । पार्टी दिनदिनै सुधारको साटो बिनाश तर्फ गएको निचोडसहित उनले दिक्दारी प्रस्तुत गरेका छन् ।
एमालेमा बस्दा ओझेलमा परेका र अन्यायमा परेका आमकार्यकर्तालाई सम्पर्कमा आउन अनुरोध गर्दै भण्डारी सामाजिक सञ्जालमा लेखेर स्वतन्त्र रहने घोषणा गरेका हुन् । कार्यकर्ताको उचित मूल्यांकन नहुने केही दिन पार्टीमा आएपछि टिकट दिने अनि पुराना कार्यकर्तालाई पेलेर राख्ने प्रवृत्ति चित्त नबुझेको उनको भनाई छ ।






