काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले सरकार र सम्बन्धित निकायलाई ध्यानकर्षण गराएको छ । विहिवार पत्रकार सम्मलेन गरेर आफ्नो धारणा संगठनले सार्वजनिक गरेको हो ।

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूको परिवर्तनशील परिस्थितिमा समायोजन गरिनु पर्ने माग राखिएको कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ईन्चार्ज उमेश पराजुलीले बताए ।
कार्यालय प्रमुख र अन्य पदहरूको पदोन्नति र नियुक्ति प्रक्रियामा सुधार गर्न माग गरिएको छ ।
न्यूनतम १० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई स्वचालित पदोन्नति र तलब वृद्धिको व्यवस्था गर्न पनि संगठनले माग गरेको छ ।
सहायक चौथो तहका पदहरू खुला ५०% को सट्टा ३०% मा सीमित गर्ने, आन्तरिक बढुवा २०% र अन्य तहहरूमा बढुवा ४०% सुनिश्चित गर्न सरकारसमक्ष माग गरिएको छ ।
कार्यरत कर्मचारीहरूको स्थायीकरण र स्थायी सेवा सुरक्षाको माग पनि संगठनको छ ।
स्थानीय तहमा काम गर्ने कर्मचारीको तलब र सुविधा सुनिश्चित गर्न आवश्यक रहेको संगठनको धारणा छ ।
विभिन्न तहको पदोन्नतिका लागि ६ वर्षको अवधि घटाई ३ वर्षमा पदोन्नतिको व्यवस्था गर्न माग गरिएको छ ।
संगठनले कर्मचारीको हितका लागि विभिन्न गतिविधि र आन्दोलन जारी राख्ने प्रतिवद्धता जनाएको छ ।
कर्मचारीको अधिकार, सम्मान, र सामाजिक सुरक्षा सुनिश्चित गर्न संघीय सरकारलाई दबाब दिने प्रतिवद्धता पनि दोहोर्याएको छ ।






