नाटकमा मैले नायक “ धने “ को ,बिन्द्र दाइले सहनायकको र यमप्रसाद पौडेल ( गोबिन्द ) दाइले जिम्मलको अभिनय गरेका थियौं । स्व केशबप्रसाद पौडेल,बिष्णुप्रसाद पौडेल ,रमेशप्रसाद पौडेल , हरिप्रसाद ढकाल ,शिबप्रसाद ढकाल ,स्व नेत्रप्रसाद ढकाल ,सानो माधबप्रसाद ढकाल ,केशबप्रसाद ढकाल , रामकाजि थापा ,तिलकबहादुर तिमल्सिना ,( चौरको कान्छा दाइ ) चमारसिॅ तमांग लगायतका साथीहरुले गीत ,संगीत ,नाटक तथा प्रहसनहरुमा अभिनय गर्नु भएको थियो ।

नाटककै सन्दर्भमा प्रस्तुत गरिएका गीत, नृत्य र “ जसले राम्रो सपना देख्छ ,उसैले खान्छ खीर “ उस्तै कथा उस्तै ब्यथा “ जदौ “ परदेशमा यसरी डाका लाग्छ “ स्वास्नीले कुच्चैकुच्चाले कुटी” आदी प्रहसनहरुले नाटकलाई थप रोचकता प्रदान गरेको थियो । कार्यक्रम आदरणीय दाइ स्व लीलानाथ पौडेलले संचालन गर्नु भएको थियो । दर्शकहरुको मॅाझमा “ दाइ बिन्द्र ,गोबिन्द र मैले अभिनय गरेको “ जसले देख्छ राम्रो सपना ,उसैले खान्छ खीर “ शीर्षकको प्रहसनले खूबै चर्चा पाएको थियो । नाटकमा मानेस्वारा ,बाह्रविसे ,धुस्कुन ,पिस्कर , चोकटी र कर्थलीसम्म का जनसमुदायहरुको बाक्लो उपस्थिति थियो ।
त्यस बेला प्रगतिशील नाटक देखॅाउदा धेरै चुनौतिहरुको सामना गर्नु पर्दथ्यो । पंच र प्रशासनको नजरमा अॅाखाको तारो बन्नु पर्थ्यो । उग्रवादी र ब्यबस्था बिरोधीको बिल्ला भिर्नु पर्थ्यो र प्रहारको निशाना बन्नु पर्थ्यो । त्यसैले यस्ता नाटकहरु बिरलै देखाइन्थे । २०२८ सालतिर जयराम पराजुलीको लेखन र निर्देशनमा मांखामा ( जाली तमसुक ) नाटक देखाइएको थियो । मैले बुझेसम्म यो नै यस भेगको पहिलो प्रगतिशील नाटक हो । म कालिकाको महेन्द्र कान्ति नि मा वि मा शिक्षण गर्दा २०३५ को बडा दशैंको टीकाको दिन मेरो आफ्नै लेखन र निर्देशनमा विध्यालय प्रांगणमा ( शोषणको अन्त्य ) नाटक मंचन गरिएको थियो ।
सो नाटक प्रदर्शनमा कालिका मलमॅासेका आदरणीय दाइ नरबहादुर ( रामकृष्ण ) खड्का ,सहकर्मी शिक्षक द्वय स्व शंकरप्रसाद पौडेल ,कृष्णप्रसाद पौडेलको महत्वपूर्ण भूमिका रहेको थियो । ब्यॅुझेको गाउॅको प्रदर्शनपछि राम्चेली युवाहरु द्वारा श्री सरश्वोती प्रा वि को प्रांगणमा बसाइ उपन्यॅाशलाई नाटकीकरण गरेर मंचन गरियो । २०३८ पौषमा राम्चे र मानेस्वाराका युवाहरुद्वारा ( जालसाजी ) नाटक नाटक श्री भद्रकाली नि मा वि मानेस्वाराको प्रांगणमा मंचन गरियो।त्यस भेगमा यो नाटकले सबैभन्दा बढी लोकप्रियता हासिल गर्यो । यसको बिस्तृत चर्चा अर्को अंकमा गर्नेछु । २०३९ को दशैंमा कृष्णप्रसाद पौडेल ,बिन्द्र ढकाल टेकबहादुर राय , पूर्णचन्द्र ढकाल ,गोबिन्दप्रसाद ढकाल , शम्भु सापकोटा ,भेषराम ढकाल ,रमेशप्रसाद पौडेल आदी साथीहरुको अग्रसरतामा राम्चेमा तयार भएको ( फैसला ) नाटक गोल्मस्थानमा प्रदर्शन गर्ने तय भएकोमा पन्चहरुको लठेतद्वारा अबरोध भएकोले भट्टे प्रा विको प्रांगणमा प्रदर्शन गरियो ।
पछि त्यही नाटक लट्टेश्वर महादेबको परिसर ( लाटूमा ) पनि प्रदर्शन गरियो त्यस बेला राम्चे पुराना गाउॅका स्व डम्बरबहादु तिमल्सिना र ,स्व कृष्णबहादुर तिमल्सिनाको समूहद्रारा जिल्लाका सॅास्कृतिक कार्यक्रमहरुमा प्रस्तुत गरिएको जनवादी भजन निकै लोकप्रिय भएको थियो ।
क्रमशः






