काठमाडौँ ।

मीनबहादुर गुरुङको भाटभटेनीले ४ अरब ३६ करोड कर तिरेको छैन । कर नतिरेको कम्पनीलाई अदालतले जरिवाना पनि तिर्नका लागि आदेश गरेको छ । तर, समाजसेवाको नाममा केही करोडको अस्पताल बनाइदिएर उनले जयकार पाइरहेका छन् ।
केही वर्ष पुरानो मुद्दामा भाटभटेनी सुपरस्टोरले ४ अर्ब ३६ करोड कर र जरिवाना तिर्नुपर्ने भएको छ ।
आन्तरिक राजश्व र ठूला करदाता कार्यालयले २०७६ सालमा कर छलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुँगानाको इजलासले सोही वर्षको पुस २८ गते कर छली ठहर गर्दै जरिवानासमेत तोकेको थियो ।
आदेशको पुनरावलोकन माग गर्दै भाटभटेनीले दिएको रिट निवेदन पुनः सर्वोच्चमा सुनुवाइ हुँदा शुरु सदर भएको हो ।
भाटभटेनीले आर्थिक वर्ष २०६८-०६८ मा अवास्तविक बीजक देखाई कर कट्टी गरेको, खरिदतर्फ नगद छुट गरेको, भारतबाट आयात गरेको व्यापारिक वस्तुको कर उल्लेख नगरेको तथा सवारी साधन खरिदमा शतप्रतिशत क्रेडिट कट्टी गरेको आरोपसहित मुद्दा दायर भएको थियो ।
ती कारोबारका आधार र कारण खुलाई ठूला करदाता कार्यालयले गरेको अन्तिम कर निर्धारण सदरको माग गरिएको थियो । त्यसअनुसार सर्वोच्चले कर र जरिवाना निर्धारण गरेको थियो ।
व्यवसायीलाई पैसा नदिएर मर्न वाध्य पारेको आरोप
इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्यले विभिन्न व्यवसाय गर्दा आफूले पाउनुपर्ने रकमसमेत नदिएर मर्न बाध्य पारेको उल्लेख गरेका थिए । उनको फेसबुक स्टाटसमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले पनि आफूलाई आर्थिक शोषण गरेका कारण अप्रिय निर्णय लिन बाध्य भएको उल्लेख गरेका थिए । अघिल्लो दिन पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो । तर, भोलिपल्ट बिहानै कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो ।
मृत्यु अघि लेखिएको सामाजिक सञ्जालको यो अभिव्यक्तिले मीनबहादुर माथि नेपाली कानुनले अनुसन्धान गर्न प्रेरित गर्छ । तर, यो विषयमा मीनबहादुरले कुनै सहानुभूति वा प्रतिकृया जनाएनन् । आचार्यले स्पष्टसँग यस्तो अभिव्यक्ति लेखेरै शरीरमा पेट्रोल खन्याएका थिए । –‘भाटभटेनीका मीन बहादुर गुरुङजी । तपाईँलाई ३०५ मार्जिन दिनुपर्ने रु अनि साना ठूला उत्पादक÷सप्लाएरले तिम्रो मार्ट भरिदिनुपर्ने उधारोमा रु ३ महिनामा पनि सामानको पैसा नदिने रु मलाइ यति झुलायौ कि ३ महिना पछि नाम नमिलाइकन बिराटनगर चेक पठायौ, इलाम देखि बिराटनगर सम्म एउटा चेक लिन गए तर नाम नमिलेको अनि त्यो चेक सच्याउन काठमाडौ बोलायौ र एक हप्ता पर्खाएर बल्ल चेक सच्यायौ । म इलामदेखि बिराट्नगर, काठमाडौ कुद्दा कुद्दै तिमीलाइ दिएको सामानबाट हुने नाफा घाटामा परिणत भयो । त्यै भएर भाट्भटेनीलाई सामान दिन छोडे मैले । तिमीहरु लुट्ने मात्र हौ । तिमीलाइ थाहा छ सामान उत्पादन गर्न कति दुःख छ ।’
यसरी मीनबहादुरले अथवा भाटभटेनीले ठगेको स्पष्ट लेख्दासमेत उनले मृतकको परिवारप्रति सामान्य सहानुभूति पनि जनाएनन् । उल्टो आफू निर्दोश भएको बयान प्रहरीमा दिएको चर्चा गराए । प्रहरीले पनि त्यसवेला औपचारिकतामात्र पूरा गरेको थियो । तत्कालिन काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले नै मीनवहादुरलाई उच्च सम्मानका साथ बयान लिएको समाचार बाहिर आएको थियो ।






