पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ६ मा रहेको सामुदायिक विद्यालय श्री थाङ्पालधाप मा.वि लाई प्रविधी मैत्री विद्यालय विकासको निमित्त विद्यार्थीहरुको विधुतिय हाजिरी मार्फत दैनिक हाजिरीको सुरुवात गरिएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिका भित्रका सबै शिक्षकको हाजिरी डिजिटल माध्यबाट भईसकेको र विद्यार्थीका लागि थाङपाल धाप माविबाट शुरूवात भएको गाँउपालिकाका सुचना प्राविधि अधिकृत नारायण क्षेत्रीले जानकारी दिए । यस आर्थिक बर्षमा सबै विद्यालयमा डिजिटल माध्यमबाट हाजिरि सुरु गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।







