चौतारा ।
संबिधानसभामा सिन्धुपाल्चोक क्षेत्र नम्वर एकबाट विजयी राजकुमार श्रेष्ठ अव माओवादीमै सकृय हुने भएका छन् । बिगत लामो समयदेखि पार्टीकै नेताहरुको कारण निष्कृय रहेको बताउँदै आएका श्रेष्ठ कृषि कार्यमा संलग्न थिए ।
केन्द्रमा पुष्पकमल दाहाल शैलीको आलोचक रहेका श्रेष्ठले जिल्लामा सापकोटाहरुको शैलीको खुलेर बिरोध गर्दथे । उनका सामाजिक सञ्जालमा अहिले पनि ती असन्तुष्टका स्वरहरु स्पष्टै देखिन्छ । युद्धकालमा फौजी संरचना लागेर धेरै युद्ध लडेका श्रेष्ठ पहिलो संबिधानसभाको निर्वाचनमा टिकट लिएर चुनाव लडेका हुन् । संसदीय राजनीतिमा फुत्त आएको आरोप खेपेका श्रेष्ठ त्यसैगरी हराए पनि । तर, अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहालको घरमा पुगेर पार्टीमा सकृय हुने भन्दै मुठी उजाएका छन् ।
एमाले र माओवादी एकतापछि पार्टी दुई भएपछि उनी केही समय नेकपा एमालेमा पनि सकृय भए । तर, त्यहाँ पनि उनले सहज महसुस गरेनन् । एमालेमा छँदा दाहाल प्रवृत्ति र सापकोटा प्रवृत्तिको बिरोधी रहेको सुनाउँथे ।







