काठमाडौँ ।

अघिल्ला महिनामा वर्तमान मन्त्रिपरिषद्का दुई सदस्यका बारेमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा खुवै चर्चा भयो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था मन्त्री बलराम अधिकारीका विषयमा घुसको काम गरेको उस्तै चर्चा भयो । यस विषयमा बिचौलिया प्रयोग गरेको र घुस मागेको अडियो नै सार्वजनिक भयो ।
यसको आधिका अधिकारिकताका बारे अझै खुलस्त भएको छैन । तर, राजकुमार गुप्तालाई राजीनामा गर्न वाध्य पारियो । गुप्ता आफू यो विषयमा नजोडिएको प्रविधिको दुरुपयोग गरेर आरोप लगाएको भन्दै एमाले नेतृत्वका अगाडि खुबै रोए ।
आफ्नो अडियोसमेत नभएको भन्दै गुप्ताले प्रधानमन्त्री तथा अन्य नेताहरूलाई हारगुहार गरे ।
तर, प्रधानमन्त्रीको सचिवालयले राजीनामा दिन निर्देशन दिएपछि वाध्य भएर राजीनामा दिए । तर, सोही प्रकृतिको अडियो भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीको पनि आयो । उनले पनि धेरै मालपोत अधिकृत सरुवा गर्दा लाखौं घुस असुलेको आरोप लागेको छ ।
त्यसोत भक्तपुरमा २४ लाख घुससहित पक्राउ परेका मालपोत अधिकृतसमेत अधिकारीकै संरक्षणकाव्यक्ति भएको स्पष्ट छ । तर, उनलाई स्पष्टीकरणसमेत लिने काम भएन । प्रधानमन्त्री केपी ओलीले अधिकारीका बारेमा सामान्य सोधपुछ पनि गरेनन् ।
किनभने उनी प्रधानमन्त्री ओलीका खास पात्र महासचिव शङ्कर पोखरेलका संरक्षणमा रहेका मन्त्री हुन् । उनलाई हटाए अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेल पनि हटाउनु पर्ने शङ्कर अडानका कारण प्रधानमन्त्री भूमि सुधार मन्त्रीका अगाडि निरिह बनेका हुन् ।






