सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीसहित चार सहसचिवको सरुवा गरेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई मन्त्रालयमा तानेर मन्त्रालयमा जगेडामा रहेका सहसचिव बन्धु बास्तोलालाई सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पठाइएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई मन्त्रालयमा तानेर मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव टोकराज पाण्डेलाई रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बनाईएको छ ।






