पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रिया मिलेन भन्दै नेकपा एमालेले अब उहाँलाई पार्टी कार्यकर्ता नबनाउने स्पष्ट पारेको छ।

अपानिमा भनिएको छ- “पूर्वराष्ट्रपति राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्छ। सक्रिय राजनीतिमा आउनु हुँदैन,” अपानिमा उल्लेख छ, “सिङ्गै राष्ट्रको नेता भएकी व्यक्तिलाई कार्यकर्ता बनाउनु एमालेको मान्यताविपरीत हुन्छ।”
पार्टी विधानको धारा ८ को उल्लेख गर्दै अपानिमा भनिएको छ कि भण्डारीले स्वेच्छाले पार्टी सदस्यता परित्याग गरेकाले पुनः सदस्यता नवीकरणको प्रक्रिया सदर हुन सक्दैन।
पार्टीले संविधानको मर्म र गणतान्त्रिक मूल्यको रक्षा गर्न उच्च संवैधानिक पदमा बसेका व्यक्तिहरूले दलीय राजनीतिमा फर्किन नहुने मान्यता दोहोर्याएको छ। “पूर्वराष्ट्रपतिका रूपमा उहाँ राष्ट्रको गहना हो। एमालेको पनि गहना हो। त्यसैले उहाँलाई सम्मानपूर्वक गणतन्त्रको गौरवका रूपमा रहन आग्रह गरिएको छ,” अपानिमा भनिएको छ।






