बागमती प्रदेशमा नेपाली काँग्रेसभित्रको किचलोमा दुई सांसदले कित्ता परिवर्तन गरेका छन् । आफूहरुलाई थाहै नदिई बहादुर सिंह लामाको बिपक्षमा ईन्द्र बानियाँ पक्षले हस्ताक्षर गराएको उनीहरुको आरोप छ ।
कांग्रेस सांसदहरू माया श्रेष्ठ र मिना पराजुलीले जानकारी नै नगराई आफूहरुलाई हस्ताक्षर गराइएको भन्दै अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी गराएका छन् ।

‘अविश्वासको प्रस्तावमा हामीसमेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरुको असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं’ श्रेष्ठ र पराजुलीले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ ।
११ साउनको मिति उल्लेख गरिएको विज्ञप्ति आज मंगलबार सार्वजनिक भएको हो ।






