बहादुरसिंह लामा नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा अल्प मतमा परेका छन् । हैसियत गुमाएका छन् । मत विभाजनमा बहादुरको पक्षमा १५ र विपक्षमा २२ सांसदले हस्ताक्षर गरे । यस प्रदेशमा कांग्रेसका कुल ३७ सांसद छन् । बहुमतका लागि १९ जना चाहिन्छ ।

शुक्रबार मुख्यमन्त्री लामाविरुद्धको अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए । श्यामकुमार खड्का मन्त्रीबाट राजीनामा दिएर बानियाको कित्तामा हस्ताक्षर गरे ।






