नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू बीचको बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई दलका शीर्ष नेताहरू बीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बागमती प्रदेसको लफडादेखि सरकारको कामको समिक्षा पनि बैठकको एजेन्डा बनाइएको छ । मन्त्रीहरु एक पछि अर्को विवादमा मुछिएका कारण हेरफेरको विषममा पनि छलफल हुने बताइएको छ ।






