काठमाडौं ।

नेकपा (एमाले)का महासचिव तथा पूर्वमुख्यमन्त्री शंकर पोखरेलले कुनै एक व्यक्तिको सोचलाई सम्पूर्ण राज्यको धारणा बनाउन नसक्ने टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
पोखरेलले लेखेका छन्,‘कुनै एक जना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्दैन । सिङ्गो राज्य नै बहुविवाह पक्षमा रहेको जस्तो गरी बहस हुनु दुःखद पक्ष हो ।’
उनको भनाइ हालैको बहसलाई संकेत गर्ने गरी आएको हो । पोखरेलको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएको छ ।






