काठमाडौं ।

उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् ।
प्रसाईंविरुद्ध बैंकिङ कसूरको मुद्दामा तारेखमै राखेर अनुसन्धान गर्न आदेश भएको हो ।






