सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ चतुरे टोल निवासी ५० वर्षीय प्रेमबहादुर श्रेष्ठ एक नाबालिग किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ परेका छन् । विगत ९ महिनादेखि विभिन्न समयमा जबरजस्ती करणी गरेको सूचनाको आधारमा प्रहरी टोलीले सो व्यक्तिलाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा पीडित नाबालिग किशोरी गर्भवती भई मिति २०८२ साउन २० गते शिशुलाई जन्मसमेत दिएको पुष्टि भएको छ । यस घटनाको गाम्भिर्यतालाई मध्यनजर गर्दै जिल्ला अदालत सिन्धुपाल्चोकबाट जबरजस्ती करणी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






