काठमाडौं ।

नेविसंघ सिन्धुपाल्चोकले शुक्रबार राजधानीमा बागमती प्रदेशका नवनियुक्त खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङ ‘समीर’लाई सम्मान एवं बधाई शुभकामना ज्ञापन कार्यक्रम आयोजना गर्यो।
कार्यक्रमको सभापतित्व नेविसंघ जिल्ला सचिव दिपेश राज खनालले गरे। सामान्यतया कार्यक्रमको सभापतित्व संगठनको नेतृत्वकर्ताले गर्ने प्रथाअनुसार यो भूमिका जिल्ला अध्यक्षले निर्वाह गर्नुपर्ने भए पनि जिल्ला अध्यक्ष पवन घोरासैनी कार्यक्रममा उपस्थित भएका थिएनन्।
अध्यक्ष अनुपस्थित रहेपछि सचिव खनालले सभापतित्व सम्हालेका थिए। उनले घोरासैनी अध्यक्ष भएयता संगठनले कुनै कार्यक्रम आयोजना नगरेको र अध्यक्ष गुमनाम रहेको आरोप लगाउँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे। यस बारेमा अध्यक्ष घोरासैनी संग बुझ्न खोज्दा उनले फोन नै उठाएनन।






