चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गत असार २४ गते रातिको बाढीका कारण उतै अड्किएका झण्डै दुई सय जना नेपाली भोलि स्वदेश फर्कँदै छन् । बाढीले नेपाल–चीन सीमानामा रहेको मितेरी पुल बगाउनुको साथै सडक भत्काएर क्षत विक्षत बनाएपछि दुई मुलुकबीच व्यापारिक आदान प्रदान तथा मानिसको आवतजावत बन्द भएको छ । नेपालीहरुलाई नेपाल ल्याउनका लागि नेपाल हिमालय सीमापार वाणिज्य संघले पनि पहल गरेको थियो ।
त्यसअघि विभिन्न प्रयोजनका लागि सिजाङ गएका १८१ जना नेपाली उतै अड्किएका थिए । उनीहरुलाई आवश्यक कागजात तयार पारेपछि भोलि नेपाल ल्याउने तयारी गरिएको ल्हासास्थित महावाणिज्यदूत लक्ष्मी निरौलाले बताए ।
![]()






